अनुज, नविन, राजन र लक्ष्मण रेवान कपको सेमिफाइनलमा

पाेखरा | चैत ३, २०७९

अनुज, नविन, राजन र लक्ष्मण रेवान कपको सेमिफाइनलमा

पोखरा:  अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । 


कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे ।


पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई ६–३ र ६–४ को सेटमा तथा लक्ष्मण तामाङले कर्ण तामाङलाई ६–१ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो नाम लेखाउन सफल भएका हुन्  । अब फाइनल प्रवेशका लागि अनुजले नविनसँग तथा राजनले लक्ष्मणसँग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतियोगिता अन्तर्गत डबल्सतर्फको क्वाटरफाइनलमा गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जोडीले इन्द्र गुरुङ र इन्द्र गुरुङको जोडीलाई ४–६, र ६–१ र सुपरटाईमा १०–४ ले पराजित गरे । त्यस्तै, पदम गुरुङ र हुम आलेको जोडीले अनिल तुलाचन र लक्ष्मण तामाङको जोडीलाई ६–३ र ६–४ ले तथा राजन पौडेल र लोक गुरुङको जोडीले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ७–६ र ६–२ ले पराजित गरे ।


अर्को क्वाटरफाइनलमा अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले भिष्मराज पौडेल र माधव भण्डारीको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर शक्ति सर्माले जानकारी दिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्